प्रभात पल र अप्सनाको 'यो मनको चाहना'

गायक सुरेश लामा र दीपा लामाको स्वर समावेश गरिएको 'यो मनको चाहना' बोलको गीत सार्वजनिक भएको छ ।

गीतको शब्द डा. दामोदर रेग्मीले लेखेका हुन् भने संगीत डी.बी. लामाको रहेको छ।  विशाल निरौलाले एरेन्ज गरेका गीतलाई रञ्जन राईले मिक्सिङ र मास्टरिङ गरेका छन्।

यो गीतको भिडियोमा मोडेल तथा नायक प्रभात पल ठकुरी र मोडेल अप्सना बलामीले अभिनय गरेका छन्, जहाँ उनीहरूलाई एकअर्काको प्रेमभाव व्यक्त गर्दै देखाइएको छ। 

उत्तम शिशिर श्रेष्ठको कन्सेप्ट र निर्देशनमा तयार पारिएको भिडियोको छायांकन सिनेम्याटोग्राफर विशाल थापाले गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन र कलरिङ गरेका छन्।