चर्चामा जितु र नीतिको ‘ज्वाइँ साब’

असोज २४ गते फूलपातीको अवसर पारेर प्रदर्शनमा आउन हुने फिल्म ‘ज्वाइँ साब’ अहिले चर्चामा छ । यो फिल्मको सार्वजनिक टिजर र पोस्टरले राम्रै चर्चा बटुलिरहेको बेला निर्माणपक्षले गीत रिलिज गरेको थियो।

फिल्मको केहीदिन अगाडि रिलिज गरिएको 'कसम बत्तीको' बोलको गीतले झनै चर्चा चुलिएको हो । गायक निशान भट्टराई र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको यो गीतले यो फिल्मलाई थप उचाइमा पुर्याएको निर्देशक वसन्त निरौलाले बताए । 

यो फिल्मको पहिलो गीत रिलिज भएपछि फिल्मको विदेशमा राम्रो माग बढेको पनि निरौलाले बताए । अब यो फिल्म विदेशमा र नेपालमा एकै दिन रिलिज गर्ने समेत उनले बताए ।

यो फिल्मको कथा रोचक र नयाँपनले भरिपूर्ण भएकाले यसपटकको दसैँको रौनकलाई थप उत्साहपूर्ण बनाउने विश्वास निर्माण पक्षको छ । फिल्मले दर्शकलाई फरक अनुभव दिने निर्माणपक्षको दावी छ ।

विजय बस्याल कार्यक्रारी निर्माता रहेको यो फिल्ममा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको निर्माण, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत, सञ्जय थापाको एक्सन निर्देशन, श्याम तामाङको छायांकन र सन्देश शाहको सम्पादन छ । 

रेड आई फिल्म्सको प्रस्तुति र मौसम फिल्मसको सहकार्यमा निर्माण भएको यो फिल्ममा जितु नेपाल र नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ ।