मलाइका अरोराका लागि सलमान खानले सिकन्दरको सुटिङ बीचमै छोडेर अनिलको घर पुगेपछि

बलिउड अभिनेता रश्मिका मन्डन्नासँग आफ्नो आगामी फिल्म सिकन्दरको सुटिङमा व्यस्त रहेका सलमान खान अन्ततः मलाइका अरोराका पिता अनिल मेहताको बान्द्रास्थित घर पुगेका छन् । 

अभिनेता मलाइकाको बुबाको घरबाहिर देखिएका थिए । मलाइकाका बुबा अनिल मेहताको बुधबार बालकनीबाट हाम फालेर ज्यान लिएको थियो । मलाइकाका बुवाको खबर आएपछि सेलिब्रेटीहरु शोक व्यक्त गर्न हतारिएका छन् । 

खान परिवारका कैयौं सदस्यले मलाइकालाई सान्त्वना दिइरहेका थिए । तर, सलमान अन्तिम श्रद्धाञ्जली दिन घर वा अन्त्येष्टिमा पुगेका छैनन् ।

फ्यानहरूले सलमानको अनुपस्थितिको विभिन्न कारण बताए। तर, दुखद घटना हुँदा सलमान सहरमा थिएनन् ।