‘पिताम्बर’ बाट आँचल आउट भएकी हुन् ?

निर्देशक कृषा चौलागाईको निर्देशनमा तयार भैरहेको फिल्म 'पिताम्बर'बाट नायिका आँचल शर्मा आउट भएकी छिन् । यो फिल्मबाट आँचल आउट भएपछि नायिका दिब्या रायमाझी भित्रिएकी हुन् । 

आफ्नो व्यस्तता देखाउदै आँचल यो फिल्मबाट ब्याक हटेको निर्माणपक्षको भनाई छ । उनी अनुबन्धित भएको तीन फिल्म ‘पिताम्बर’ ,‘दुःखी आत्मा’ र ‘जेरी अन टप’ले एकसाथ छायांकन थालेपछि 'पिताम्बर'बाट आफु ब्याक हटेको आँचल बताउछिन् । 

निर्माणपक्ष सँगको आपसी सहमतिमै फिल्मबाट आउट भएकी आँचल अहिले दीपेन्द्र लामाको ‘दुःखी आत्मा’ को छायांकनमा व्यस्त छिन् । 

त्यस्तै, फिल्म 'पिताम्बर'को टिम अहिले फिल्म छायांकनको क्रममा नवलपरासी छ । आँचलको ठाउमा प्रवेश गरेकी नायिका दिव्या पनि यतिबेला नवलपरासीमै पुगेकी छिन्। यो फिल्मको केही समयदेखी नवलपरासीमा छायांकन चलिरहेको छ । 

दयाहाङ राई, सौगात मल्ल, सुरक्षा पन्त, आर्यन सिग्देल, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय रहने फिल्ममा दिव्याको जोडीको रुपमा प्रदिप रहनेछन् । यी दुइले यसअगाडि फिल्म 'एक्टर'मा एकसाथ सहकार्य गरिसकेका छन् ।