फ्राइडे रिलिज : आजबाट हलमा 'साम्बाला'

निर्देशक मीन भाम निर्देशित फिल्म 'साम्बाला' आजबाट प्रदर्शनमा आएको छ । गत आइतबार काठमाडौँमा भव्य प्रिमियर सम्पन्न गरेको यो फिल्मले तारिफ पाएको थियो । 

निर्देशक मिन भाम र अभिनास विक्रम शाहको कथा लेखन रहेको यो फिल्मको काठमाडौं प्रिमियरमा सहभागि हुन बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यप नेपाल आएका थिए। 

ओस्कार अवार्डमा समेत सिफारिस भएको फिल्मले आगामी ओस्कारका लागि नेपालबाट प्रतिनिधित्व गर्नेछ । अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९७ औं संस्करणका लागि नेपालबाट साम्बालाले प्रतिनिधित्व गर्ने निर्माणपक्षले जनाएको हो। 

फिल्मले बहुपति विवाहित एक गर्भवती महिलाले व्यापार गर्न ल्हासा पुगेर बेपत्ता भएका श्रीमान् खोज्दा भोग्नुपरेको कष्टकर यात्रालाई फिल्मको पर्दा मार्फत प्रस्तुत गरेको छ । 

यो फिल्ममा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्यलगायतको अभिनय रहेको छ ।