‘तेल भिसा’को ‘तुकुनको मुकुन मन पर्‍या’मा विपिन र पुजाको छमछमि

मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्‍या’ रिलिज गरिएको छ । बिहीबार युट्युबमा सार्वजनिक यो गीतको भिडियोमा अभिनेता विपिन कार्की, पुजा चन्द, बुद्धि तामाङ, युवराज प्रिन्स कार्की र जाहन्वी बस्नेत फिचर्ड छन् ।

झट्ट सुन्दा लोकलय भाका लाग्ने यो गीतको शब्दहरु उत्कृष्ट र क्याच्ची छ । कृष्ण भारद्धाजको संगीत, राजन इशानको एरेञ्ज तथा निर्विकल्पम, कृष्ण भारद्धाज, शंकर अधिकारी घायल र नवीन बिकको शब्द रचना रहेको यो गीतलाई शान्तिश्री परियार र साइराज खत्रीको गाएका हुन् । गीतको अडियो गज्जब बनेको छ ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको यो फिल्म्समा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ । 

निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्ममा अभिनेता विपिन कार्की बृद्ध र जवानगरी दोहोरो भुमिकामा प्रस्तुत छन् । फिल्ममा विपिनसँगै वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय छ ।