‘एक्टर: टेक वान’को पोस्टरमा आनाको क्यारेक्टर लुक्स

कात्तिक १५ गते रिलिज हुने फिल्म ‘एक्टर: टेक वान’ले नायिका आना शर्माको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ ।

नायिका आना फिचर्ड पोस्टरमा सहरीया युवतीका रुपमा चित्रित छिन् । आकर्षक लुक्समा रहेकी उनी वान पिसमा छिन् । पृष्ठभूमिको आकर्षक झ्याल कुनै तारे होटेलको झैँ लाग्छ । बुट्टा कुँदिएको आकर्षक झ्यालले उनी कफ, डिनर अथवा ब्रकेफाष्टका लागि महंगो होटेलमा पुग्छिन् भन्ने संकेत गरेको छ । उनको चरित्रको नाम प्रकृति रहेको पनि खुलाएको छ ।

यो फिल्मको यसअघि तीन वटा पोस्टर सार्वजनिक भइसकेका छन् । जसमध्य फिल्मको दोस्रो पोस्टरले तारिफ पाएको थियो ।  

अभिनेता खड्काले पहिलो पटक फिल्मको पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन् । थमन कुमारी भण्डारी फिल्मका निर्माता हुन् ।

अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । फिल्मको लाइन प्रोड्युसरमा तोरन क्षेत्री छन् ।

फिल्मका लेखक आकाश बराल र राजन भुसाल हुन् ।  ट्राइडेन कन्सेप्टको पब्लिसिटी तथा पोस्टर डिजाइनमा रोयल भिमसेन र सुजन श्रेष्ठ छन् । शिशिर खाती र किरण थापा कोरियोग्राफी रहेको फिल्ममा अष्टम महर्जनको द्वन्द्व कृष्णमान तामाङको आर्ट डिरेक्सन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत रहेको छ ।

निमेश श्रेष्ठको सम्पादन, मुख्य सहायक निर्देशकमा आकाश उखेडा र राजेश विश्वकर्मा रहेको फिल्ममा सह निर्देशकमा विशाल जंग, समय थपलिया, जीवन ढुंगेल, सुमन कार्की, रहेका छन् । 

राजन भुसालको निर्देशन रहेको फिल्ममा आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला उषा रजक, सिर्जना अधिकारी, अनुज पाण्डे, बादल भट्ट, प्रदीप कुमार चौधरी (पीके), देवेन्द्र नेपाललगायत रहेका छन् । राज बल्लभको यो कमब्याक फिल्म हो ।