दयाहाङ र आँचलले सुरु गरे ‘दुखी आत्मा’को छायांकन

निर्देशक दीपेन्द्र लामाको नयाँ फिल्म ‘दुखी आत्मा’को छायांकन सुरु भएको छ । यो फिल्मका मुख्य कलाकार दयाहाङ राई र आँचल शर्माले भदौ २४ गतेबाट छायांकन सुरु गरेका हुन् । 

आलोक शुक्लाले खिचिरहेको फिल्मको राजधानीका बिभिन्न स्थानमा सुटिङ भइरहेको छ। फिल्मको सुटिङ सेटबाट दयाहाङ राई र आँचल शर्माको केही तस्विरहरु बाहिरिएका छन् । जुन, तस्वीरमा दयाहाङ र आँचल निकै खुशी देखिन्छन् । 

काठमाडौं उपत्यका सेरोफेरोमा खिचिने यो फिल्मलाई भरपुर मनोरञ्जक बनाउन कुनै कसर बाँकी नराख्ने निर्माता कडरियाले बताए । निर्देशक लामा र निर्माता कडरियाले यसअघि ‘नाङ्गो गाउँ’ सहकार्य गरिसकेक छन् ।  

क्लक वर्क कृएसन्सको ब्यानरमा निर्माण गर्ने यो फिल्मले सोसियल कमेडी जनराको कथा पेश गर्छ । यो फिल्मका निर्माता हिमाल कडरिया हुन् ।
सुशान्त गौतमको संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्मको प्रोडक्शन म्यानेजर सुदीप ढकाल छन् । सुटिङ सकेपछि मात्रै रिलिज मिति सार्वजनीक गर्ने योजना निर्माण पक्षको छ । 

फिल्ममा दयाहाङ र आँचलका साथमा अनुपविक्रम शाही,बुद्धि तामाङ, पुस्कर गुरुङ,कविता आले,शिसिर वाङ्देल,आशान्त शर्मा,लोकेन्द्र लेखक,अंकित खड्का, लुनिभा तुलाधर,आरती आचार्य,निमा पाण्डे,इंगीहोपो कोइच सुनुवार,यासेली योङहाङलगायतले अभिनय गर्दैछन् । फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्नेछ ।