'डेनी डेन्जरस' निर्देशन गर्ने निश्चलको घोषणा

निर्देशक तथा कलाकार निश्चल बस्नेतले नयाँ फिल्म ‘डेनी डेन्जरस’ बनाउने घोषणा गरेका छन् । उनले बुधबार एक थिम पोस्टर सार्वजनिक गर्दै यो फिल्म निर्देशन गर्ने घोषणा गरेका हुन् । 

एक्सन जनरामा आधारित यो फिल्मको पोस्टरले ग्याङ्स्टार शैलीलाई प्रतिबिम्बित गर्छ, जहाँ बन्दुक र चक्कुजस्ता हतियारहरू रगतले रङ्गिएको देख्न सकिन्छ । 

निश्चल गत वर्षको सुपरहिट फिल्म ‘दिमाग खराब’ बाट ६ वर्षपछि निर्देशनमा फर्किएका हुन् । निश्चलको यो पाँचौं निर्देशकीय फिल्म हुनेछ ।

ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई सन् २०२५ मा रिलिज गरिने पोस्टरमा उल्लेख छ । यो फिल्मको छायांकन तिहारपछि सुरु गरिने बताइएको छ ।

यो फिल्मको कलाकारको बारेमा अहिले निर्माणपक्षले केही पनि जानकारी गराइएको छैन । अबको केही दिनमा प्रेसमिटको आयोजना गरेर अफिसियल घोषणा गर्ने निर्देशक निश्चलले बताए । 

निश्चाल र स्वस्तिमा खड्काले निर्माण गरेको आगामी फिल्म ‘बेहुली फ्रेम मेघौली’ यही दशैँको घटस्थापनाको दिन असोज १७ गतेबाट प्रदर्शन हुँदैछ ।