युरोप पठाइदिन्छु भन्दै लाखौं ठगेको आरोपमा कलाकार ‘इकु’ पक्राउ

हाँस्य कलाकार सुलेमान शंकर ‘इकु’लाई प्रहरीले पक्राउ गरेको छ । कलाकार भिसामा यूरोप पठाउने भन्दै लाखौं रकम असुल गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले आज बुढानिलकण्ठबाट पक्राउ गरेको हो । सुलेमानले नेपाली सांकृतिक कार्यक्रमहरूमा लैजाने भन्दै लाखौं रकम असुल गरेको आरोप छ । 

उनको ग्लोबल आइएमआई बैंकमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाखसम्म जम्मा भएको समेत देखिएको प्रहरीले बताएको छ । उनलाई सीआइबीले अनुसन्धान गरिरहेको छ । 

सुलेमान ‘मेरी बाँस्सै’ नाम हाँस्य सिरियलमा ‘इकु’को रुपमा काम गरेपछि चर्चामा आएका थिए । उनले ‘इकु’ नामक फिल्म समेत बनाएका थिए ।