मलाइकाका पिता अनिलको निधन

बलिउड नायिका मलाइका अरोडाका पिता अनिल अरोडाले आत्महत्या गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । ६७ बर्षको उमेरमा उनले आत्महत्या गरेको भारतीय मिडियामा उल्लेख छ । अनिलले बान्द्रास्थित विल्डिङको सातौ तलाबाट हाम फालेर आत्महत्या गरेको मिडियामा उल्लेख छ । 

उनले किन आत्महत्या गरे भन्ने बिषय खुलेको छैन । प्रहरीले यो बिषयमा जाँचबुझ गरिरहेको छ । उनको पार्थिव शरीरलाई पोस्टमार्टमका लागि पठाइएको छ । उनको साथबाट कुनै सुसाइड नोट पनि नमिलेको प्रहरीलाई उल्लेख गर्दै मिडियाले जनाएका छन् । 

पिताको निधनको खबर थाहा पाउँदा मलाइका पुणेमा थिइन् । उनी, पिताको निधनको खबर थाहा पाउन साथ मुम्बई पुगेकी थिइन् । कतिपयले भने अनिलले आत्महत्या नगरेको पनि बताएका छन् ।

यो एउटा दुर्घटना भएको उनीहरू निकट परिवारका सदस्यले भारतीय मिडियालाई बताएका छन् । 

अनिलले बिहान हरेक दिन समाचारपत्र पढ्दै आएका थिए । मलाइकाको परिवारले दिएको जानकारी अनुसार अनिललाई कुनै रोग थिएन । उनको घुँडामा दुखाई भइरहेको थियो । 

अनिलकी पत्नी जाइसले दिएको बयानमा बिहान उनले लिबिङ रुममा अनिलको चप्पल देखेकी थिइन् । त्यसपछि उनी बालकोनीमा पुगिन् । बालकोनीमा अनिललाई नदेखेपछि उनले तल हेरिन् । तल वाचम्यान कराइरहेका थिए ।