मुख्य पात्रलाई स्थान दिदै ‘१२ गाउँ’को नयाँ पोस्टर रिलिज

अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा रहेको फिल्म ‘१२ गाउँ’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य पात्रहरु विराज र समीरका अलावा न्यान्सी खड्का, सनिशा भट्टराई, सोनु चन्द्रपाल, सुलेमान शंकर (इकु), नरेन खड्का लगायतका प्रस्तुत छन् । 

यो फिल्मको यसअगाडिको पोस्टरमा अभिनेता विराज र समीर मात्रै प्रस्तुत थिए । दशैंको फूलपाति अर्थात् असोज २४ गतेबाट प्रदर्शनमा आउने यो फिल्ममा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद छ ।  

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन छ । 

एक्सन-थ्रिलर जनरामा निर्माण भएको यो फिल्मका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड फिल्ममा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । 

फिल्ममा मुरलीधर, कनिज कोइराला, दीया मास्के, कृष्ण भट्ट, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

महेश पौडेल छायांकन रहेको फिल्मलाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछ ।