चलचित्र विकास बोर्डले काट्यो १८ हललाई पत्र

चलचित्र विकास बोर्डले काठमाडौं उपत्यका बाहिरका १८ हललाई पत्र काटेको छ । यी हलहरुले बोर्डलाई तिर्न बाँकी रहेको चलचित्र विकास शुल्क समयमै तिर्न भन्दै पत्र काटिएको हो । 

अध्यक्ष दिनेश डिसीले अन्तिम पटकको लागि भन्दै गत साता ताकेता सहितको पत्र काटेका थिए । पत्रमा विकास शुल्क र बक्स अफिसमा जडान गर्न समेत भनिएको छ । 

विकास बोर्डले लमजुङको अन्नपूर्ण चलचित्र मन्दिर, मलगंवाको पुष्प टाकिज, विराटनगरको विराट सिनेमा, धनकुटाको सीबी सिनेमा, महेन्द्रनगरको सेती महाकाली टाकिज, सिरहाको बुद्ध सिनेमा, परासीको म्याङ्गो प्लेजर, हेटौँडाको नारायणी मल आचार्य प्लाजा, बुटवलको ब्लुमुन इन्टरटेनमेन्टलाई पत्र काटेको छ । 


यस्तै, आशा चलचित्र मन्दिर जनकपुर, जोशी टाकिज कैलाली, नुवाकोटको जगदम्बा चलचित्र मन्दिर, हेटौँडाको ओमेक्स चलचित्र मन्दिर, दाङको भीएफएक्स सिनेमाज् प्रालि, पोखराको हिमाज जादुज, विराटनगरको हिमालय टाकिज, बुटवलको द्वारिका उदय सिनेमा र वीरगञ्जको बजरंगी पिक्चर्स प्रालिलाई पत्र काटेको हो । 

यसअघि बेवास्ता गरिएकाले यसपटक अनुरोध नमाने कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिदै बोर्डले पत्र काटेको जनाएको छ । बोर्डबाट पटक-पटक लिखित र मौलिक जानकारी गराउँदा पनि बेवास्ता गरिएकोले बोर्डले यो पटक पत्र काट्न वाध्य भएको हो ।