मुस्ताङमा ४० लाखको सेट तयार गरेर हुँदैछ ‘एक्लो’को छायांकन
फिल्म ‘एक्लो’को टिम यतिबेला अपर मुस्ताङमा छ । साइन्स फिक्सनमा आधारित कथामा तयार भइरहेको फिल्मको छायांकनका लागि निर्माणपक्षले ४० लाखको सेट तयार पारेको छ । निर्माणपक्षले सार्वजनिक गरेको केही तस्वीरमा पनि सेट निर्माण भइरहेको देख्न सकिन्छ ।
साथमा, तस्वीरमा निर्देशक प्रदीप शाही, छायांकार बाबु श्रेष्ठ, हलिउड कलाकार जेमी बेकम, कार्यकारी निर्माता क्षितिज सुवेदी लगायतलाई देख्न सकिन्छ । जेमी फिल्मको निर्माण साझेदारको रुपमा समेत जोडिएका छन् । फिल्मको छायांकन केही दिन ललितपुरको च्यासलमा गरेर टिम मुस्ताङ पुगेको हो ।
मुस्ताङमा ३५ दिन खिचेपछि फिल्मलाई १५ दिनको सेड्यूलमा काठमाडौंमा खिचिनेछ । फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिंह ठकुरी, त्रुचु राई, कृष्णभक्त महर्जन लगायतका कलाकारहरुको अभिनय छ ।
राज कुमार गुरुङ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, वागवीर पुन निर्माता रहेको फिल्ममा वावु श्रेष्ठको छायांकन, राजु तामाङको एक्सन छ ।
प्रतिक्रिया