लगातार फ्लप भए पनि निर्मातालाई अक्षय कुमार माथि विश्वास

अक्षय कुमार बलिउडका सबैभन्दा फिट र मेहनती अभिनेता हुन्। बक्स अफिसमा कुनै फिल्म होस् या नहोस्, अक्षयले हरेक वर्ष लगातार धेरै फिल्महरू गरिरहेका छन्, किनभने उनका फ्यानहरू उनको फिल्मको उत्सुकताका साथ पर्खाइमा रहेकाले आफूले फिल्महरू गरिरहने उनको विश्वास छ ।

अक्षय यस वर्ष सरफिरा, बडे मियाँ, छोटे मियाँ र भर्खरै रिलिज भएका खेल खेल लगायत धेरै फिल्महरूमा देखा परेका थिए, तर दुर्भाग्यवश, यो वर्ष उनको कुनै पनि फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेन। 

अक्षयका पाइपलाइन फिल्म

अक्षय कुमार आगामी बहुचर्चित कमेडी फिल्म 'हाउसफुल ५'मा मा देखिँदै छन्। यस फिल्मको आधिकारिक घोषणा अक्षयले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राम एकाउन्ट मार्फत गरेका थिए । उनी यस फिल्ममा अक्षय फेरि एक पटक कमेडी शैलीमा देखिनेछन्, जसरी तपाईंले यो फिल्मको पहिलो भागमा देख्नु भएको थियो ।

तरुण मनसुखानीले निर्देशन गर्न लागेको यस फिल्ममा अक्षय कुमार र रितेश देशमुखसँगै फरदीन खान पनि देखिनेछन् । फिल्ममा ज्याकलिन फर्नान्डेज मुख्य अभिनेत्रीको रूपमा देखिँदै छिन् ।

यसपछि अक्षय कुमार 'वेलकम' फ्रेन्चाइजको बहुप्रतिक्षित तेस्रो सिरिज 'वेलकम टु द जङ्गल'मा देखिँदैछन्। यो मल्टिस्टार फिल्म जस्तै हो । यस फिल्मको पहिलो पोस्टर देखाइए अनुसार ‘वेलकम टु द जंगल’ मा अक्षयका अलावा टाइगर श्राफ, दिशा पटानी, सुनील शेट्टी, लारा दत्ता र रविना दण्डन देखिनेछन् ।

मिडिया रिपोर्टका अनुसार अक्षय प्रियदर्शनको हरर कमेडी फिल्ममा देखिनेछन् । अक्षयले भर्खरै आफ्नो सामाजिक सञ्जालमा नयाँ हरर फिल्मको पोस्टर सेयर गरेका छन्, जुन उनको आगामी जन्मदिनमा पूर्ण रूपमा घोषणा हुनेछ। अक्षय कुमारले सेप्टेम्बर ९ मा आफ्नो ५७ औं जन्मदिन मनाउने भएका छन् ।

आजकल प्रचलनको रूपमा फिल्म निर्माताहरूले आफ्नो आगामी फिल्मको पोस्टर स्टारको जन्मदिनमा उपहारको रूपमा सार्वजनिक गर्ने गरेका छन्। अभिनेताले भने अहिलेसम्म आफ्नो फिल्मको नाम सार्वजनिक गरेका छैनन् । अक्षयका फ्यानहरूले अक्षयको जन्मदिनमा फिल्मको नाम र टिजर हेर्ने आशा गरेका छन् ।

यस्तै अक्षय ‘हेरा फेरी ३’ मा देखिनेछन् । यस बाहेक अक्षय फिल्म ‘स्काई फोर्स’ मा देखिनेछन् ।