‘कुनै दिन’ लिएर १२ वर्षपछि फर्किए योगेश्वर अमात्य

गायक योगेश्वर अमात्यको नयाँ गीत सार्वजनिक भएको छ । ‘कुनै दिन’ बोलको गीत उनले शनिबार सार्वजनिक गरेका हुन् ।

उनले यो गीत १२ वर्षपछि ल्याएको बताइएको छ । थोरै र तर क्वालिटी म्युजिक गर्ने स्रष्टामा पर्छन् योगेश्वर ।

गीतमा योगेश्वर अमात्यको स्वर छ । ओमविक्रम विष्टले संगीत रहेको गीतमा शब्द सरोज बास्तोलाले लेखेका छन् ।

गीतले प्रेम, समर्पण, अभाव, आकर्षण, प्रयोग, मायामा धोका र त्यसले सिर्जना गर्ने परिणामको कथा भन्ने प्रयास गरेको छ ।

भिडियो निर्देशन सुव्रत आचार्यले गरेका छन् । भिडियोमा प्रवीण खतिवडा, करुणा श्रेष्ठ र विकास लामिछानेलगायत फिचर्ड छन् । योगेश्वर अमात्य स्वयं पनि भिडियोमा छन् ।