डोल्पाबाट सुरु भयो ‘लाज शरणम्’

चर्चित टेलिभिजन श्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’को छायांकन सुरु भएको छ । करिब एक हप्ता अघि डोल्पा पुगेको निर्माण टिमले ठूली भेरी नगरपालिकाको दूरगाउँबाट शनिबारदेखि छायांकन सुरु गरेको हो ।

करिब ५० दिन लगाएर छायांकन गरिने फिल्मको निर्माण टिमले पहिलो चरण डोल्पामा २० दिन र दोस्रो चरणको छायांकन काठमाडौं र अन्य केही जिल्लामा गर्ने तय गरेको छ । 

फिल्मको छायांकन दसैं अघि काठमाडौंमा गरिने निर्माण टिमले जानकारी दिएको छ ।  डोल्पा सुरु गरिएको फिल्मको मुहूर्त सर्ट कलाकार विजय बराल र अर्जुन घिमिरे ‘पाँडे’ले दिएका थिए। 

जेपीटी क्रिएसनको प्रस्तुति रहने यो फिल्मलाई कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गरिरहेका छन् ।  

अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहेको फिल्ममा विजय बराल र अर्जुन घिमिरेसँगै सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), मुकुन्द श्रेष्ठ, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, कमलमणी नेपाल (खुपीका बाउ) माला लिम्बु प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत लगायतका कलाकारको अभिनय रहनेछ ।

यस फिल्मलाई सुदीप बरालले छायांकन गरिरहेका छन् ।

फिल्मका निर्माता नवीन श्रेष्ठ र सह-निर्माता रामनरेश शाह हुन् । फिल्मको प्रदर्शन मिति फागुन १४ गते महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेलाई तोकिएको छ ।