प्रहरी प्रवक्ता कार्कीले सार्वजनिक गरे ‘फूलको वासना सरी’

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीको शब्दमा तयार भएको गीत ‘फूलको वासना सरी’ सार्वजनिक भएको छ । यो गीतले प्रहरीको पीडा र भावनालाई उठान गरेको छ । राजेश पायल राई, मेलिना राई, बेनिशा पौडेल र समीर खरेलको स्वर रहेको यो गीतमा दीपक शर्माको संगीत छ ।

गीतको भिडियोमा चार जना कलाकारहरूले प्रहरीको भूमिकामा अभिनय गरेका छन् । भिडियोमा रमेश उप्रेती, प्रियंका कार्की, प्रकाश सपुत र बेनिशा हमाललाई प्रहरीको भूमिकामा देखाइएको छ ।

गम्भीर विष्टले निर्देशन गरेको भिडियोमा सरोज ओलीको कन्सेप्ट छ । भिडियोमा पवन सुसलिङको सम्पादन तथा छायांकन छ । गीतकार कार्कीका अनुसार, गीतले हिमालको टुप्पोदेखि तराईको गर्मीसम्म जनताको सेवामा खटिने प्रहरीको भावना यो गीतमा व्यक्त गरिएको छ ।