‘वर एण्ड वधु’को ‘माया’ गीतमा रोमान्टिक विवेक र आँचल

शुक्रबारदेखि हलमा रिलिज भइरहेको फिल्म ‘वर एण्ड वधु’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘माया’ बोलको रोमान्टिक गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो । 

दीपक लिम्बु र प्रविशा अधिकारीको स्वरमा समावेश यो गीतमा शैलेन्द्र खनालको शब्द, युग भुसालको संगीत छ । 

सार्वजनिक गीतमा फिल्मका मुख्य दुई कलाकारहरू नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको रोमान्टिक अवतार देख्न सकिन्छ । 

मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्मको सार्वजनिक गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । 

फिल्ममा विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, कुसुम शर्मा, दिनेश काफ्ले, रविन्द्र खड्का, अंशु महर्जन, सिता न्यौपाने, हिमेश पन्त लगायतका कलाकारहरुको अभिनय छ । 

एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको फिल्ममा जानुका थापाको लगानी छ । अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्ममा सुदिप बरालको छायांकन छ ।