फिल्म क्षेत्रको कसरी ध्यान तान्दैछन् समीर भट्ट ?

नायक विराज भट्टका छोरा समीर भट्ट नेपाली फिल्म क्षेत्रको ध्यान खिच्न सफल देखिएका छन् । पहिलो फोटो सार्वजनिक भएसँगै फिल्म क्षेत्रको ध्यान खिचेका समीर फिल्म ‘१२ गाउँ’को टिजर सार्वजनिक हुँदा सम्म दर्शकमाझ लोकप्रिय बनिसकेका छन् । 

उनले, फिल्म ‘बलिदान’ पनि साइन गरेका छन् । यो फिल्मबाट समीरलाई अझै फाइदा हुने देखिन्छ । यो फिल्म असोजको २४ गतेबाट रिलिजमा आउँदैछ । 

तर, समीरले आफूलाई फिल्म क्षेत्रमा राम्रो तरिकाले ब्रान्डिङ गरिरहेका छन् । नायक तथा निर्देशक विराज भट्टले पनि छोरालाई बजारमा योजनाबद्ध रुपमा अगाडि ल्याइरहेका छन् । 

विशेषगरि, समीरको एक्सनले चर्चा पाइरहेको छ । हालै मात्र सार्वजनिक उनको करिअरकै पहिलो अन्तवार्ताले पनि दर्शकको ध्यान खिच्न सफल भएको हो । 

समीरले उक्त अन्तवार्तामा आफ्नो योजनाको बारेमा कुरा गरेका छन् । ‘१२ गाउँ र बलिदान’पछि राम्रो फिल्मबाट अफर आएको खण्डमा काम गर्ने उनको योजना छ । यदि, अपेक्षित फिल्मबाट अफर नआएको खण्डमा भने मुम्बईमा नै बसेर काम गर्ने समीरको भनाई छ । 

धेरै फिल्मकर्मी समीरको पहिलो काम हेर्न आतुर छन् । यो फिल्ममा उनको चर्चा भए अनुसारको काम देखिएको खण्डमा समीरलाई नेपालमै भ्याइनभ्याइ हुने देखिन्छ । 

समीरले पनि आफूलाई सोही अनुसार तयार गर्दै अगाडि बढाएको देखिन्छ । यसले, नेपाली फिल्म बजारमा समीर लामो रेशको घोडाको रुपमा अगाडि बढेको धेरैको विश्लेषण छ ।