‘रावायण’को बुकिङ खुल्यो, कती छ शोज ?

शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘रावायण’को बूकिङ खुलेको छ । भोलीबाट रिलिजमा आउन लागेको यो फिल्मलाई मल्टिप्लेक्सले सुखद शोज दिएका छन् । 

यो फिल्मले देशभरका मल्टिप्लेक्स हलमा ११४ शोज पाएको छ । सुदर्शन थापाको निर्देशनमा तयार भएको यो फिल्मलाई क्यूएफएक्स चेन, बीग मुभिज, वान सिनेमाज् लगायतका मल्टिप्लेक्सले राम्रो शोज दिएका छन् । 

फिल्मले तीजको बिदाको दिनमा बम्पर ओपनिङ गरेको खण्डमा निर्मातालाई ठूलै फाइदा हुने देखिन्छ । 

पूजा शर्माको निर्माणमा तयार भएको फिल्ममा पल शाह, पूजा शर्मा, प्रकाश शाह, प्रमोद अग्रहरी लगायतका कलाकारहरुको अभिनय छ । शुक्रबार, शनिबार र आइतबार नै सार्वजनिक बिदा परेकाले यो फिल्मले त्यसको फाइदा लिन आवश्यक छ । 

फिल्मको टिजर, गीत र ट्रेलरले उच्च हाइप दिएकाले पनि बक्स अफिसमा यसको सुखद ओपनिङ हुने प्रक्षेपण गरिएको छ ।