‘देवी’को प्रिमियर, भोलीबाट हलमा लाग्ने

संजोग राइको निर्देशनमा तयार भएको फिल्म ‘देवी’को काठमाडौंमा प्रिमियर गरिएको छ । बुधबार बेलुकी काठमाडौंको बीग मुभिजमा आयोजित प्रिमियरमा फिल्मीकर्मी र पत्रकारहरूको बाक्लो उपस्थिति थियो । 

फिल्म ‘देवी’ हेरेका अधिकांशले नयाँ निर्देशक भएपनि संजोगले राम्रो काम गरेको बताए । फिल्मको सस्पेन्स पाटोलाई अन्तिमसम्म बाँधेर राख्न सक्नु निर्देशकको खुबी भएको अधिकांशको भनाई थियो । 

फिल्म हेर्नका लागि कलाकारहरू कर्मा शाक्य, मेनुका प्रधान, श्रृष्टी श्रेष्ठ, लुनिभा तुलाधर, विशाल पहारी, गजित बिष्ट, निर्देशक सौरभ चौधरी लगायत हल पुगेका थिए । 

यो फिल्ममा शिल्पा मास्के, नाजिर हुसेन, गौरव पहारी मुख्य भूमिकामा छन् । फिल्मले बलात्कार विरुद्धको कथा भन्छ । 

बलात्कार विरुद्ध बदलाको कथामा यो फिल्म निर्माण भएको हो । फिल्म हेरेका अधिकांशले कलाकारहरूको कामलाई पनि तारिफ गरे । 

यो फिल्म भोलीबाट देशभरका हलमा रिलिज हुँदैछ । फिल्मको बूकिङ खुलिसकेको छ । फिल्मले मल्टिप्लेक्समा औषत शोज पाएको छ ।