‘हरिबहादुरको जुत्ता’ निर्माणको घोषणा, हरिवंश र प्रकाश मुख्य भूमिकामा

फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माणको घोषणा गरिएको छ । यो फिल्मको मुख्य भूमिकामा कलाकारद्वय हरिवंश आचार्य र प्रकाश सपुतले अभिनय गर्नेछन् । फिल्मको निर्देशन दीपेन्द्र के खनालले गर्ने भएका छन् ।

यो फिल्मलाई सरोज ओलीले निर्माण गर्ने भएका हुन् । फिल्मको पटकथा तथा संवाद हरिवंश आफैले लेखेका हुन् । अभिनेता हरिवंश आचार्यले फिल्मको विषयमा भने–‘मेरो मनमा एउटा कन्सेप्ट फुरिरहेको थियो । सरोज ओली भाइलाई सुनाएपछि उहाँ आफैले फिल्म बनाउँछु भनेर हौसिनुभयो । यो फिल्मको आइडिया युनिक छ । फिल्म राम्रो बन्ने छ भन्नेमा विश्वस्त छु ।’

फिल्मलाई लिएर प्रकाश सपुत पनि उत्साहित देखिए । हरिवंश आचार्यसँग काम गर्न पाउँदा आफू उत्साहित रहेको प्रकाश बताउँछन् । फिल्मका लागि अन्य कलाकारहरू फाइनल गरिएको छैन । फिल्मको छायांकन केही महिनापछि हुनेछ ।