सामाजिक संजालमा पुजा र समिक्षाको आरोप–प्रत्यारोप
नायिका पुजा शर्मा र गायिका समीक्षा अधिकारीविच सामाजिक संजालमा आरोप–प्रत्यारोप देखिएको छ । समीक्षाले पूजाले हालै मात्र एक युट्युब च्यानलमा दिएको अन्तवार्तामा फिल्म चलाउनका लागि आफूलाई प्रहार गरेको भन्दै समीक्षाले आपत्ति जनाइन् ।
समीक्षाले लेखेकी छिन्–‘अदालत नै पोडकाष्टरहरु हुन भने, न्यायधिस नै यी र यस्ता कलाकारहरू हुन भने उत्तिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नी । सत्य के हो ? कि उसलाई थाहा छ कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ । के सही ? के गलत । छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफूलाई जोख्न तयार भएँ । र माफी दिएर सावित गरिदिएँ । त्यस यता सबै सामान्य नै चलिरहेको बेला आफै छोरी भएर उमेरले झन्डै १४ बर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र ?’
समीक्षाले यसरी पनि फिल्म चलाउन खोज्नु सही हो र ? भनेर प्रश्न गरेकी छिन् । उनले, आफूलाई यसरी पीडा नदिन पनि आग्रह गरेकी छिन् ।
समीक्षाको यो स्टाटसमा पूजाले जवाफ लेखेकी छिन् ।
पूजाले कसैको पनि नाम उल्लेख नगरी लेखेकी छिन्–‘आज गायिका बहिनीले मलाई जोडेर मेरो भिडियो शेयर गरेर जुन नकारात्मक सन्देश दिन खोजेकी छिन्, त्यसमा मेरो गम्भीर आपत्ति रहेको छ । त्यो भिडियो सबै हेरेर मात्र प्रतिक्रिया दिन अनुरोध छ । यो बिषयमा म नबोलु भनेको र बोल्न आवश्यक ठान्थिन् । तर, यसरी मेरो फिल्म आउनुभन्दा २–४ दिन अगाडि(पहिले पनि र अहिले पनि) मलाई टार्गेट गरिन्छ भने म वाध्य भएर बोले ।’
पूजाले मिडियामा आएका मेरा सम्पूर्ण सामाग्रीहरु नितान्त व्यवसायीक हुन् । यो बाहेक मेरो र ति बहिनीको पनि आफ्नो व्यक्तिगत जीवन होला । त्यसमा न म कहिले बोले र कहिले बोल्नेछु । र सम्बन्धित सबैलाई पनि नबोल्न अनुरोध गर्दछु ।’
पूजाले फिल्म रिलिज अगाडि शत्रुहरू त लाग्छन् नै भनेर पनि लेखेकी छिन् ।
के बोलेकी थिइन् पूजाले ?
समीक्षाले फेसबुकमा अन्तवार्ताको सानो अंश शेयर गर्दै आफ्नो असन्तुष्टि पोखेकी हुन् ।
जहाँ पूजाले भनेकी छिन्–‘एउटा नायिकाको टिम थियो । मलाई त्यहाँबाट निकालिएको थियो । तर, केही छैन । भगवान छन्, सत्यको जित हुन्छ । मलाई केही पनि फरक पर्दैन । आज कानुनले नै प्रमाणित गरिसकेको कुरा हो । यहाँ कसैले बोलिरहन पनि आवश्यक छैन । पललाई हरेक कुरामा ट्याग गरिरहन जरुरी पनि छैन । तपाइको आफ्नै छोरा पनि छ भने सम्झिनुहोस् के ।’
प्रतिक्रिया