‘रावायण’को ‘करेजा निकारी’मा पल र निकिताको डान्स

भदौको २१ गते अर्थात् शुक्रबारबाट रिलिजमा आउन लागेको फिल्म ‘रावायण’को ‘करेजा निकारी’ गीत आज सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा नायिका निकिता चण्डकको आइटम नृत्य हेर्न सकिन्छ । उनलाई गीतको भिडियोमा फिल्मका मुख्य नायक पल शाह र कलाकार प्रकाश शाहले साथ दिएका छन् ।
रेवन आरती सिंहको शब्द, सोनु कक्कर र समीर चौरासियाको स्वर, अनामिका चौहानको संगीत रहेको यो गीत भोजपुरी भाषामा तयार पारिएको छ ।
सार्वजनिक गीतको भिडियोले फिल्मप्रतिको परिवेशको कथा भन्छ । सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्मलाई पूजा शर्माको एकल लगानीमा तयार पारिएको हो ।
फिल्ममा पल शाह, पूजा शर्मा, प्रकाश शाह, प्रियंका कार्की, प्रमोद अग्रहरी लगायतका कलाकारहरुको अभिनय छ । फिल्म ‘रावायण’को यो गीतको भिडियोमा विक्रम स्वारको कोरियोग्राफी, सौरभ लामाको छायांकन, श्री श्रेष्ठको एक्सन छ ।
पूजा शर्मा फिल्मस् र सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा यो फिल्म निर्माण भएको हो ।

‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स

बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम

बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने

फिल्म 'पिआर' को छायाङ्कन सुरु

‘वसन्त’को ‘मिलनको कविता’

‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’

विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…

प्रतिक्रिया