लण्डनमा हुने ‘इन्फा’को अवार्डको नोमिनेशन सार्वजनिक
नेपाली फिल्म क्षेत्रको अन्तराष्ट्रिय बजार बिस्तार, कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘यती इन्टरनेशनल नेपाली फिल्म अवार्ड २०२४’को उत्कृष्ट ५ मा पर्न सफल फिल्मकर्मी तथा फिल्मको नाम सार्वजनिक गरिएको छ । कुल १८ विधामा यो अवार्ड प्रदान गर्ने तयारी आयोजकको छ ।
सन् १९६० मा स्थापित यति नेपाली एसोसियसन, युकेको आयोजना तथा संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रा.लिको व्यवस्थापनमा भदौको २९ गते अर्थात् सेप्टेम्बर १४ तारिखमा बेलायतको राजधानी लण्डनमा यो अवार्डको आयोजना हुँदैछ । सन् २०२३ को अप्रिल १४ देखि सन् २०२४ को जुन २१ सम्म प्रदर्शनमा आएका फिल्महरूलाई आधार मानेर अवार्ड आयोजकले नोमिनेशन सार्वजनिक गरेको हो ।
जुरी संयोजक सुनिल थापा, जुरी सदस्य गौरी मल्ल र उज्ज्वल घिमिरेले सहभागी हुन आएका फिल्महरू हेरेपछि मनोनयन छनोट गरेका हुन् । अवार्ड कार्यक्रमलाई भव्य, सभ्य, मर्यादित तथा निष्पक्ष बनाउनका लागि युके कमिटीमा संस्थाका अध्यक्ष पिप्ला पाण्डे देवान, पूर्व अध्यक्ष उमेश मोक्तान, महासचिव टंक भट्टराई, उप–महासचिव आशिष राज पन्त, कोषाध्यक्ष पुण्य खतिवडा छन् ।
यस्तै, नेपाल कमिटीमा अध्यक्ष सुनिल श्रेष्ठ, महासचिव मनोज केसी, सचिव मोहन श्रेष्ठ, कोषाध्यक्ष प्रकाश कुँवर र संयोजक मनिष कार्की छन् ।
आयोजकले सार्वजनिक गरेका १८ विधाका नोमिनेशन यस प्रकार छन् :
१. उत्कृष्ट फिल्म
जारी– बाँसुरी फिल्मस्
दिमाग खराब–सिनेमा आर्टस् र ब्ल्याक हर्स पिक्चर्स
प्रसाद २ उस.जी फिल्मस् र सुलभ थापा प्रोडक्सन
फर्की फर्की– रोहित अधिकारी फिल्मस्
गाउँ आएको बाटो– मनच्याएम पिक्चर्स र बाँसुरी फिल्मस्
२. उत्कृष्ट निर्देशक
जारी–उपेन्द्र सुब्बा
दिमाग खराब– निश्चल बस्नेत
प्रसाद २– सुदर्शन थापा
फर्की फर्की– सुयोग गुरुङ
गाउँ आएको बाटो– नबिन सुब्बा
३. उत्कृष्ट अभिनेता
दिमाग खराब– खगेन्द्र लामिछाने
प्रसाद २– विपिन कार्की
फर्की फर्की– अनमोल केसी
गाउँ आएको बाटो– दयाहाङ राई
पुजार सार्की– प्रदीप खड्का
४. उत्कृष्ट अभिनेत्री
प्रसाद २– केकी अधिकारी
फर्की फर्की– जसिता गुरुङ
गाउँ आएको बाटो– पशुपति राई
जारी– मिरुना मगर
परस्त्री– शिल्पा मास्के
५. उत्कृष्ट कथा तथा पटकथा
प्रसाद २– सुशील पौडेल
दिमाग खराब– आकाश बराल
जारी– उपेन्द्र सुब्बा
६. उत्कृष्ट सम्पादक
प्रसाद २– मिलन श्रेष्ठ
दिमाग खराब– क्वान पुन लेउन
फर्की फर्की– सुरेन्द्र पौडेल
७. उत्कृष्ट छायांकार
प्रसाद २– राजेश श्रेष्ठ
फर्की फर्की– नरेन्द्र मैनाली
जारी– शैलेन्द्र डी कार्की
८. उत्कृष्ट संगीतकार
नांगो गाउँ– सुशान्त गौतम(सुन सुन सुन्दरी)
बोक्सीको घर– प्रकाश सपुत(बुझिन मैले)
जारी– कालीप्रसाद बाँस्कोटा(चरी बस्यो)
९. उत्कृष्ट पाश्र्व गायक
नांगो गाउँ– एसडी योगी(सुन सुन सुन्दरी)
पुजार सार्की– प्रकाश सपुत(दर्शन गरेँ)
जारी–कालिप्रसाद बाँस्कोटा(चरी बस्यो)
१०. उत्कृष्ट पाश्र्व गायिका
नांगो गाउँ– अञ्जु पन्त(सुन सुन सुन्दरी)
पुजार सार्की– शान्तिश्री परियार(दर्शन गरेँ)
बोक्सीको घर– समीक्षा अधिकारी(बुझिन मैले)
११. उत्कृष्ट नृत्य निर्देशक
नांगो गाउँ– रामजी लामिछाने(सुन सुन सुन्दरी)
पुजार सार्की– शिशिर खत्री(दर्शन गरेँ)
फर्की फर्की– किरण थापा(फर्की फर्की)
१२. उत्कृष्ट खल पात्र
प्रसाद २– अर्पण थापा
अगस्त्य– प्रमोद अग्रहरी
ऐचौं पैचौं– कोशिश क्षेत्री
१३. पपुलर अभिनेता
१४. पपुलर अभिनेत्री
१५. उत्कृष्ट अभिनेता, जुरी
१६. उत्कृष्ट अभिनेत्री, जुरी
१७. पर्फमर अफ दि एयर
१८. लाइफ टाइम एचिभमेन्ट अवार्ड
प्रतिक्रिया