हलमा कती शोज छ, निर्मातालाई थाहा छ ?
‘आफू त डुबिन्छ डुबिन्छ, अरूलाई पनि साथमै डुबाइन्छ’ भन्ने उखान नेपाली फिल्म क्षेत्रमा सर्वाधिक लागू हुन्छ ।
कुनै निर्माताले आफ्नो फिल्म एकल रिलिज हुन्छ भनेर रिलिजको अघिल्लो दिनसम्म पनि ढुक्कले सोच्न सक्दैनन् । कुन निर्माता र वितरकलाई मुड चल्छ अनि फिल्म जुधाइदिन्छन् ।
तर, यसरी फिल्म जुध्नुमा गल्ती कसको हो ? अधिकांशले यसमा निर्माता र वितरकको इगोलाई मुख्य मुद्दा मानेका छन् । देखिएको पनि त्यस्तै छ ।
एउटा वितरकको फिल्म आएपछि अन्य वितरकलाई पनि सोही मितिमा फिल्म रिलिज गर्नुपर्ने छटपटी हुन्छ । सोही छटपटीमा उनीहरू फिल्म जुधाइदिन्छन् । अनि, मारमा निर्माता परेको देखिन्छ ।
यो बर्षको दशैं, तिहार र कात्तिकको ३० गते यस्तै अवस्था देखिएको छ । वितकरहरुको इगोका कारण निर्माताहरू ३–३ वटा फिल्म जुधाउन लागिपरेका छन् । यसले, कुन निर्मातालाई फाइदा हुन्छ र कसलाई घाटा हेर्न बाँकी छ ।
तर, बलिउडका फिल्म समेत रिलिज हुने अवस्थामा नेपाली फिल्मका निर्मातालाई हलमा कुल कति शोज छन् र कति शोज आफूले पाउँछु भन्ने पनि राम्रोसँग ज्ञान छैन ।
यसले, भोलिका दिनमा फिल्म रिलिज भएपछि शोज नै पाइएन भन्दै वक्तव्यबाजी गर्नुको विकल्प देखिंदैन ।
प्रतिक्रिया