प्रिमियरमा विज्ञापन र विदेशी फिल्मको प्रचार किन ?
बुधबार बेलुकी काठमाडौंको लाबिम मलमा फिल्म ‘वर एण्ड वधु’ हेर्न पुगेका अधिकांश फिल्ममेकर, पत्रकार र विभिन्न क्षेत्रका व्यक्तिहरूले विज्ञापनको सास्ती भोगे ।
निर्माताले राम्रै रकम खर्च गरेर हल बुक गरेपछि पनि उपस्थित अतिथीहरुले प्रिमियरमा २०–२५ मिनेट समयसम्म विज्ञापन हेर्नुपर्ने वाध्यता छ ।
रेगुलुर शोमा हलले पैसा कमाउनका लागि बजाउने विज्ञापन प्रिमियरमा निर्माताले पैसा खर्च गरेर हल बुक गरेपछि किन बजाउने भन्ने प्रश्न समेत उब्जिएको छ ।
लाबिम मलमा रहेको क्यूएफएक्स चेनमा मात्र होइन, अधिकांश हलले प्रिमियरमा विज्ञापन बजाएर उपस्थित पाहुनाहरूलाई दिक्क बनाइदिन्छन् ।
निर्माताले पैसा तिरेर हल नै बुक गरेपछि त्यसमा फेरि उपस्थित अतिथिले विज्ञापन हेर्नुपर्ने वाध्यता आइ लाग्छ ।
अर्कोतिर, नेपाली फिल्मका निर्माताले पैसा तिरेर बुक गरेको हलमा विदेशी फिल्मको प्रचार किन गरिन्छ ? नेपाली फिल्म हेर्न हलमा पुगेका अतिथिले किन हिन्दी फिल्मको प्रचार सामाग्री हेर्नुपर्ने हो ?
अधिकांश फिल्मको प्रिमियर हुने हलमा यो खालको समस्या देखिएको छ । यस बिषयमा फिल्मको प्रिमियर हुने हल संचालकहरुले सोच्नुपर्ने देखिएको छ ।
प्रतिक्रिया