हिन्दी गीत ‘जिम्मी चू’को भिडियोमा बोल्ड लक्ष्मी

मोडल तथा नायिका लक्ष्मी बस्नेतले अभिनय गरेको हिन्दी गीत ‘जिम्मी चू’ सार्वजनिक गरिएको छ ।

बलिउडमा आफ्नो करिअर बनाउने दौडमा लागिपरेकी लक्ष्मीले यो भिडियोलाई आफ्नो ड्रिम प्रोजेक्ट समेत बताएकी छिन् । भिडियोमा लक्ष्मी निकै ग्ल्यामर अवतारमा देखिएकी छिन् ।

भिडियोमा उनलाई मोडल रविन्द्र कुहारले साथ दिएका छन् । यो गीतमा मेघा भारद्वाजको स्वर, राम्या लेयरको शब्द तथा तिनु अरोराको संगीत छ । 

संगीत कौशिकले निर्देशन गरेको भिडियोमा अजित गाडेको कोरियोग्राफी छ ।