चम्कदै अरुणको करिअर, अब ‘हन्टर’ बन्ने

फिल्म ‘महापुरुष’बाट फिल्मी करिअर सुरुवात गरेका नायक अरुण क्षेत्रीको करिअर सुखद रुपमा अगाडि बढिरहेको छ । व्यवसायीक रुपमा उनका फिल्म हिट र फ्लप छन् । तर, उनले निरन्तर रुपमा फिल्ममा काम भने गरिरहेका छन् । 

अब, उनै अरुण ‘हन्टर’ बन्दैछन् । जीवन सिंहको निर्देशनमा तयार हुन लागेको फिल्मको शीर्ष भूमिकामा अरुणले काम गर्ने पक्का भएको हो । यो फिल्ममा नायिका गरिमा शर्मा पनि फाइनल भइसकेकी छिन् । गरिमाले यही फिल्मका लागि एक्सन पनि सिकिरहेकी छिन् । 

क्याच कुक इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मले सुदूरपश्चिमको कथा भन्नेछ । फिल्मलाई एक्सन र मनोरञ्जनको खुराकको रुपमा प्रस्तुत गरिनेछ । यो फिल्म एक वास्तविक व्यक्तिको कथा हो ।

तर, यसलाई फिल्मको भाषामा भनिने निर्देशकले बताए । यो फिल्मको अहिले प्रि–प्रोडक्शनको काम चलिरहेको छ ।