‘आँखा’को मर्मस्पर्शी टिजरमा सुकुम्वासी बस्तीको पीडा

असोज ११ गतेबाट प्रदर्शन हुने फिल्म ‘आँखा’ को टिजर सार्वजनिक गरिएको छ । बिहीवार सार्वजनिक गरिएको यो फिल्मको टिजरमा सुकुम्वासी बस्तीको मर्मस्पर्शी पीडालाई देखाइएको छ । 

यो फिल्मको टिजरमा काठमाडौँको बागमती नदी किनारको सुकुम्वासी बस्तीमा बस्दै आएका मानिसको कथालाई भावनात्मक रूपमा प्रस्तुत गरेको देखिन्छ । 

लामा सिनेमाजको ब्यानर तथा ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको यो फिल्मलाई जौन योन्जनले निर्देशन गरेको हो । फिल्ममा योन्जनकै कथा, पटकथा, संवाद र निर्माण छ । नारायणप्रसाद बराल कार्यकारी निर्माता रहेको यो फिल्ममा राम बस्नेत लाइन प्रोड्यूसर र सह–निर्मातामा रेनुका कार्की ढोली छिन् ।

आरआर फिल्मस्ले प्रदर्शन तथा वितरण गर्ने यो फिल्ममा कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन, आलोक शुक्लाको छायांकन, दीपक आरजे र जयन जे वाइवाको संगीत छ । फिल्ममा पार्श्व सङ्गीत गङ्गा थापाको र ध्वनि मुद्रण किशोर आचार्यको छ ।


यो फिल्ममा स्मिता लामिछाने, आरके मेहता, विजय बराल, नीशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रवीन्द्र झा र अभयराज बरालको अभिनय छ । फिल्ममा बाल कलाकारको भूमिकामा प्रसन राई छन् ।