जन्मदिनमा विपिन कार्कीलाई मातृशोक
नायक विपिन कार्कीलाई जन्मदिनमा मातृशोक परेको छ । उनले आज आफ्नो जन्मदिनको दिनमा आफूलाई जन्मदिने आफ्नी आमालाई गुमाएका छन् । आज बिहान उनको आमा सरस्वतीको उपचारको क्रममा बिहान ६ बजे पाटन अस्पतालमा निधन भएको हो ।
उनले आफ्नी आमा सरस्वतीलाई गएको ४ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गराइ रहेका थिए । विभिन्न दीर्घरोगबाट पीडित उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिकष्मा समस्या देखिएको थियो ।
बिपिनकी आमा सरस्वतीको पार्थिव शरिरलाई आज बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो । आमा बिरामी भएपछि बिपिन पछिल्लो फिल्म ‘ऊनको स्वीटर’को छायांकन बीचमै छाडेर काठमाडौं आएका थिए ।
प्रतिक्रिया