‘सतीदेवी’को प्रिमियरमा कथावस्तुको तारिफ
शुक्रबारदेखि देशभरका हलमा रिलिजमा आउन लागेको फिल्म ‘सतीदेवी’को प्रिमियर काठमाडौंमा गरिएको छ । फिल्मीकर्मी, पत्रकारहरूको बाक्लो उपस्थितिमा आयोजित प्रिमियर कार्यक्रममा यसको कथावस्तुको सबैले खुलेर तारिफ गरे ।
आज पनि समाजमा छोराको चाहनामा छोरीहरूमाथि हुने गरेको अन्यायको कथालाई यो फिल्मले बोलेको छ ।
फिल्म हेर्नका लागि नायिका गौरी मल्ल, पूजा शर्मा, मिरुना मगर, निर्मात्री पूनम गौतम, निर्देशक ज्ञानेन्द्र देउजा, दिवाकर भट्टराई, शोभित बस्नेत, नायकहरू सलिनमान बनियाँ, कुन्साङ बोमजोम, सलोन बस्नेत लगायतका फिल्मीकर्मीहरु हलमा पुगेका थिए । यस्तै, माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले पनि फिल्म हेरिन् ।
फिल्म हेरेका अधिकांशले यसले नेपालमा विद्यमान रहेको समस्यालाई उठान गरेको बताए । कतिपयले फिल्म हेर्दा कैयौं पटक आँखा रसाएको तर्क समेत गरे ।
फिल्म ‘सतीदेवी’ लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको फिल्म हो । फिल्ममा मलिका महत मुख्य भूमिकामा छिन् । फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया