५ दिनमै ब्लकबस्टर ‘स्त्री २’

रिलिजको पाँचौ दिनमै फिल्म ‘स्त्री २’ बक्स अफिसमा ब्लकबस्टर सावित भएको छ । यो फिल्मले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ । 
फिल्मले बुधबार प्रिभ्यूमा ९.४० करोडको कमाई गर्यो । बिहिबार फिल्मले ५५.४० करोडको ओपनिङ गरेको थियो ।

शुक्रबार ३५.३० करोडको कमाई गरेको फिल्मले शनिबार ४५.७० करोडको व्यापार गर्यो । आइतबार फिल्मले ५८.२० करोडको कमाई गरेको थियो । सोमबार रक्षा बन्धनको दिनमा फिल्मले ३८.४० करोडको कमाई गर्यो । फिल्मले ५ दिनमा २४२.४० करोडको कमाई गर्दै बक्स अफिसमा विष्फोटक व्यापार जारी राखेको छ । 

५० करोडको बजेटमा तयार भएको फिल्मले बक्स अफिसमा ४ सय करोड माथिको कमाई गर्ने आँकडा गरिएको छ । 

अमर कौशिकको निर्देशनमा तयार भएको फिल्ममा निरेन भट्टको लेखन छ । फिल्ममा राजकुमार राव, श्रद्धा कपुर, पंकज त्रिपाठी, अभिषेक बनर्जी लगायतका कलाकारहरुको अभिनय छ । 

सन् २०१८ मा रिलिजमा आएको ‘स्त्री’ले पनि बक्स अफिसमा सुखद कमाई गरेको थियो ।