अरुणिमा लम्सालले गरिन् युवराजसँग बिबाह
नायिका अरुणिमा लम्साल वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले, धरान चतराका युवराज श्रेष्ठसँग मागी विवाह गरेको वुझिएको छ ।
सोमबार काठमाडौंको बत्तिसपुतलीस्थित राम मन्दिरमा उनीहरुले परिवार र आफन्तहरूको उपस्थितिमा बिहे गरेका हुन् । उनीहरुले, ४ दिन अगाडि सुनसरी जिल्ला अदालतमा भने कोर्ट म्यारिज गरेका हुन् ।
अरुणिमा र युवराजको कुराकानी भने सामाजिक संजालमा केही समय अगाडिदेखि नै भएको वुझिएको छ । यसपछि, नेपाल आएकी अरुणिमा र युवराजले परिवारसँग सल्लाह गरेर बिहे गरेका हुन् ।
अरुणिमाले केही बर्ष अगाडि अमेरिकामा नै आफ्ना पूर्व श्रीमान् अमित अर्यालसँग डिभोर्स गरेकी थिइन् । डिभोर्स गरेको केही बर्षपछि उनले धरानका युवा नेता युवराजसँग बिहे गरेकी हुन् ।
कुनै समय नेपाली फिल्म क्षेत्रमा अरुणिमा सुपरहिट नायिकाको रुपमा चर्चामा थिइन् । उनले काम गरेका ‘धड्कन, दाग, इज्जतदार, अभिमन्यु, भरोसा, बुबा आमा’ लगायतका फिल्म सुपरहिट भएका थिए । तर, अमेरिका हानिएपछि अरुणिमाले फिल्ममा काम गरेकी छैनन् ।
प्रतिक्रिया