‘ह्रस्व दीर्घ’ कार्तिक ३० बाट रिलिजमा आउने

नीता फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । असोज ३ गतेबाट पोष्टपोन्ड भएको यो फिल्म अब कार्तिकको ३० गतेबाट रिलिजमा आउने भएको छ । प्राविधिक काम नसकिएको भन्दै यसको निर्माणपक्षले असोजको ३ गते फिल्म रिलिज गर्न नसकिने जानकारी दिएको थियो । 

दशैं, तिहार र छठ पर्व सकिएपछि यो फिल्म हलमा लाग्नेछ । चन्द्र पन्तको निर्देशनमा तयार भएको फिल्मको पोस्टर र एउटा गीत रिलिज भइसकेको छ । फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, अली, ब्रम्मानन्दम, प्रदीप राउत, विपना थापा, संचिता लुइँटेल, किरण केसी, गरिमा शर्मा लगायतका कलाकारहरुको अभिनय छ । 

हरिहर अधिकारीको कथा रहेको फिल्ममा कविरलालको डीओपी, प्रतीक पौडेलको लेखन, मित्र डी गुरुङको सम्पादन, राजु तामाङको एक्सन, सुष्मा सुनाम र रामजी लामिछानेको कोरियोग्राफी छ । 

यो फिल्मलाई तीन वटा भाषामा रिलिज गर्न बताइएको छ । यसअघि यो फिल्मको प्रदर्शन मिति असोज ११ गतेलाई तोकिएको थियो । असोज ११ बाट प्रि–पोन्ड भएर असोजको ३ गते रिलिज हुने पक्का भएको फिल्म अब कार्तिकको ३० गतेबाट दर्शकमाझ आउनेछ ।