दीपा र रेखाले गरे बुटिकको उद्घाटन
काठमाडौंको बौद्धमा संचालनमा आएको ‘सासरा एट्यार्स’ बुटिकको निर्देशक दीपाश्री निरौला र गायिका रेखा शाहले उद्घाटन गरेका छन् ।
बौद्धको मुख्य गेटको नजिकै खुलेको यो बुटिकको उद्घाटन गर्दै दीपा र रेखाले प्रशंसा गरे ।
उनीहरुले अहिलेको समयमा सेलिब्रिटीका लागि मात्र नभएर आम मानिसहरूका लागि पनि बुटिक अझै महत्वपूर्ण भएको भन्दै सासराले यसमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । यो बुटिकलाई शर्मिला थापाले संचालनमा ल्याएकी हुन् ।
प्रतिक्रिया