पुनः रिलिज भएको ‘बुलाकी’को व्यापार कस्तो छ ?
लक्ष्मण सुनारको निर्देशनमा तयार भएको फिल्म ‘बुलाकी’ शुक्रबारदेखि रिलिजमा आएको छ । यो फिल्म साउनको ३२ गतेबाट पुनः रिलिजमा आएको हो ।
पुनः रिलिजमा आएको फिल्मले शनिबार दर्शकको राम्रो साथ पाएको निर्माणपक्षले बताएको छ । फिल्मका निर्माता तथा कलाकार विराज विष्टका अनुसार, शनिबार काठमाडौंका हल र मोफसलका हलमा दर्शकको राम्रो साथ मिलेको छ ।
सोमबार देशभर र मंगलबार काठमाडौंमा सार्वजनिक बिदा भएकाले पनि फिल्मले व्यापारिक रुपमा उछाल ल्याउने अपेक्षा गरिएको छ ।
फिल्म ‘बुलाकी’मा सुरक्षा पन्त, विराज बिष्ट र नरेन खड्का मुख्य भूमिकामा छन् । फिल्मको विशेष शोमा पनि यसले फिल्मीकर्मीको राम्रो प्रशंसा बटुलेको थियो । गतबर्षको वैशाख १ गते रिलिज भएको यो फिल्मले सो समयमा पनि समीक्षकको राम्रो तारिफ पाएको थियो ।
फिल्मले सुदुरपश्चिममा रहेको जारी प्रथाको कथा भन्छ । सामाजिक संजालमा पनि फिल्म हेर्नेले यसको प्रशंसा गरिरहेका छन् ।
प्रतिक्रिया