‘सतीदेवी’को ‘माया बसेको रैछ’ सार्वजनिक

फिल्म ‘सतीदेवी’को ‘माया बसेको रैछ’ बोलको गीत सार्वजनिक भएको छ । ‘माया बसेको रैछ’ बोलको गीतमा लक्ष्मण सुवेदीको लेखन, दीपक शर्माको संगीत, प्रताप दास र दीपा लामाको स्वर छ । 

सार्वजनिक गीतमा फिल्मकी मुख्य नायिका मलिका महत र कलाकार सन्दिप बाबु लोहनीको रोमान्टिक अवतार हेर्न सकिन्छ । फिल्ममा हर्षिका वली, मन्जिला बानियाँ, रमेश वुढाथोकी, कुल बहादुर अधिकारी, भोलाराज सापकोटा, श्रृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनीषा सापकोटा लगायतका कलाकारहरुको अभिनय छ ।

लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा तयार भएको यो फिल्ममा दिलासा, सारा, योगेश, विवेक, समीक्षा, लक्की, लोक प्रसाद र श्रीदेवी सुवेदीको लगानी छ ।

फिल्ममा तारा थापाको सम्पादन, दीपक शर्मा र सुभाष भुसालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, देव महर्जनको एक्सन छ । 
नारीप्रधान यो फिल्म भदौको ७ गतेबाट रिलिजमा आउँदैछ ।