बोर्ड अध्यक्षका लागि ६ जनाको आवेदन, करिश्माले भेटिन् पूर्व राष्ट्रपति

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि ६ जना कलाकर्मीले आवेदन दिएका छन् । आवेदन दिने समय बुधबार सकिएको छ । 

बोर्ड अध्यक्षका लागि दिनेश डीसी, करिश्मा मानन्धर, राजेश थापा, दीपा बस्नेत, प्रकाश भट्टराई र अर्जुन कुमार डंगोलले आवेदन दिएका छन् । 

अब, यी ६ जना कलाकर्मीसँग संचार मन्त्रालयलको विज्ञ टोलीले अन्तरवार्ता गर्नेछ ।  यसपछि, ३ जना कलाकर्मीको नाम मन्त्रीपरिषद्लाइ सिफारिश गरिनेछ । मन्त्रिपरिषद्को निर्णय अनुसार एक जना चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त हुनेछन् । 

यसैबिच, नायिका करिश्मा मानन्धरले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेकी छिन् । करिश्माले सामाजिक संजालमा तस्विर पोष्ट गर्दै ‘पूर्व सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीसँग महत्वपूर्ण बिषयहरुको छलफल गर्ने एक सौहार्दपूर्ण र सम्मानजनक भेटघाट ।’

करिश्माले पूर्व राष्ट्रपतिसँग विकास बोर्ड अध्यक्ष पदको बिषयमा कुराकानी गरेको अनुमान गर्न सकिन्छ ।