‘छक्का पन्जा ५’सँग ‘ज्वाइँ साब’ भिड्ने भएपछि केदार लेख्छन्–‘वार्ताबाट हल हुनेछ’
असोजको २४ गते दुई नेपाली फिल्म रिलिज हुने पक्का भएको छ । यो मितिमा ‘छक्का पन्जा ५’ रिलिज हुने पक्का थियो । यो मितिमा फिल्म ‘१२ गाउँ’ रिलिज हुने चर्चा चलेपनि अझै प्रदर्शनको दिन तोकिएको छैन ।
तर, सबैलाई अचम्मित पार्दै यो मितिमा फिल्म ‘ज्वाइँ साब’ रिलिज हुने भएको छ । बसन्त निरौला निर्देशित यो फिल्म पनि फूलपातिमै रिलिज हुने भएपछि फिल्म क्षेत्रमा चर्चा सुरु भएको छ ।
जितु नेपालले फिल्म ‘छ माया छपक्कै’सम्म दीपकराज गिरी, दीपाश्री निरौला र केदार घिमिरेसँग सहकार्य गरे । उनीहरू एउटै टिम भएर काम गरे ।
तर, ‘छक्का पन्जा ४’बाट भने जितु यो समूहबाट बाहिरिए । यसपछि, उनले आफ्नै तरिकाले फिल्ममा काम गर्दै आएका छन् ।
यसैले, ‘ज्वाइँ साब’ रिलिज हुँदा यसलाई जितु र दीपकराज गिरीबिचको भिडन्तको रुपमा हेरिएको छ ।
यही बिचमा कलाकार केदार घिमिरेले भने ‘हाँस्य कलाकारहरुको बिचमा यस्तो द्धन्द्ध कहिले पनि नभएको’ लेखेका छन् । सामाजिक संजालमा उनले लेखेका छन्–‘हाँस्य कलाकारहरुको बिचमा यस्तो द्धन्द्ध अहिलेसम्म भएको छैन र यो पनि वार्ता र संवादको माध्यमबाट हल हुनेछ ।’
प्रतिक्रिया