‘ज्वाई साब’को फस्टलुकमा जितु र नीतिको बिहे, असोज २४ बाट रिलिज हुने

बसन्त निरौलाको निर्देशनमा तयार भएको फिल्म ‘ज्वाई साब’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्मको निर्माण टिमले फस्टलुक  सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति फाइनल गरेको हो । 

यो फिल्मलाई असोजको २४ गते फूलपातिबाट देशभरका हलमा रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको हो । फिल्मको एक गीतको मात्र छायांकन गर्न बाँकी छ । हाल फिल्मको धमाधम पोष्ट प्रोडक्शनको काम भइरहेको छ । 

दशैंको लामो बिदाको फाइदा उठाउने योजनामा निर्माणपक्ष लागेको देखिन्छ । राजकुमार पण्डितको प्रस्तुतिमा तयार  भएको यो फिल्मको शिर्ष भूमिकामा कलाकार जितु नेपाल छन् । उनलाई नायिका नीति शाहले साथ दिएकी  छिन् ।

सबैसँगको सल्लाहपछि दशैंमा फिल्म रिलिज गर्दा उत्तम हुने देखिएकाले असोज २४ गतेलाई प्रदर्शन मिति तोकिएको प्रस्तुतकर्ता राजकुमार पण्डितले जानकारी दिए । 

फिल्ममा वुद्दि तामाङ,  शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु    पाण्डे लगायतका कलाकारहरुको अभिनय छ । 

विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ । 

रेड आई फिल्मस्को प्रस्तुतिमा मौसम फिल्मस्को सहकार्य रहेको यो फिल्ममा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।