दशैंसम्म हरेक हप्ता नयाँ फिल्म
असोजको ११ गतेलाई छाड्ने हो भने असोजको २४ गतेसम्म हरेक हप्ता नयाँ नेपाली फिल्म रिलिज हुने भएका छन् । यो सिलसिला साउनको ११ गतेबाट सुरु भइसकेको छ ।
साउनको ११, १८ र २५ मा चार वटा फिल्म रिलिज भइसकेका छन् । अब, साउनको ३२ गते फिल्म ‘बुलाकी’ रिलिजमा आउँदैछ । यस्तै, भदौको ७ गते ‘सतीदेवी र नमेटिने घाउ’ रिलिजको क्यालेन्डर छ । यस्तै, भदौको १४ गते फिल्म ‘वर एण्ड वधु’को रिलिज मिति तय भइसकेको छ । यो फिल्मको दुई वटा गीत र पोस्टर पनि सार्वजनिक भइसकेको छ ।
भदौको २१ गते ‘रावायण र देवी’ नामक दुई फिल्म रिलिजमा आउँदैछन् । यी दुबै फिल्मको टिजर सार्वजनिक भइसकेको छ ।
यसको एक सातापछि अर्थात् भदौको २८ गते मीन भामको निर्देशनमा तयार भएको फिल्म ‘साम्बला’ रिलिजको क्यालेन्डर छ ।
यसको एक सातापछि असोजको ३ गते तीन वटा फिल्म रिलिजका लागि पक्का भइसकेका छन् । ‘आउटलः दफा २१९, ह्रस्व दीर्घ र खुस्मा’ यो मितिमा रिलिजमा आउँदैछन् । यी तिनै फिल्मको प्रचार सामाग्रीहरु पनि सार्वजनिक भइरहेका छन् ।
यसको एक सातापछि अर्थात् असोजको ११ गते भने कुनै पनि नेपाली फिल्म रिलिजको क्यालेन्डर छैन ।
असोजको १७ गते घटस्थापनाको दिनमा ‘बेहुली फ्रेम मेघौली र सानो संसार’ नामक दुई फिल्म रिलिजमा आउँदैछन् ।
यस्तै, असोजको २४ गते फूलपातीको दिन फिल्म ‘छक्का पन्जा ५’ रिलिज हुने पक्का भइसकेको छ । यही मितिमा विराज भट्टको निर्देशनमा तयार भएको फिल्म ‘१२ गाउँ’ पनि रिलिजमा आउने चर्चा छ ।
यसरी हेर्दा, करिब तीन महिना हरेक हप्ता नयाँ–नयाँ नेपाली फिल्म रिलिजको क्यालेन्डर तय गरिएको छ । अब, यसमध्ये कुन–कुन फिल्मले बक्स अफिसमा राज गर्ने हुन् हेर्न बाँकी छ ।
प्रतिक्रिया