सुगम र अन्जुको ‘इन्द्रेणी’ सार्वजनिक

गायक सुगम पोखरेल र गायिका अन्जु पन्तको स्वरमा नयाँ गीत ‘इन्द्रेणी’ सार्वजनिक गरिएको छ । यो गीतको भिडियोमा माया सुवेदी र इन्द्र सापकोटालाई फिचरिङ गरिएको छ । भिडियोमा यी दुइको रोमान्स हेर्न सकिन्छ । लोकेशन पनि आकर्षक छ । 

सार्वजनिक गीतमा विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत छ । राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा पवन सुस्लिङको छायांकन छ । गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।