अमेरिकामा रचना र शान्तिश्रीले दर्शक झुमाए

गायिकाद्धय रचना रिमाल र शान्ति श्री परियारले अमेरिकाको बोस्टनका दर्शकलाई नचाएका छन् । आफ्ना हिट गीतहरू प्रस्तुत गर्दै यी दुईले दर्शक नचाएका हुन् । ‘अब नाच्छ अमेरिका’ शीर्षकमा फ्लाई नेपालले आयोजना गरेको कार्यक्रममा मोडल करिश्मा ढकाल र गायिका ज्योति मगरले पनि दर्शकलाई नचाए । 

अब हाँस्छ अमेरिका’को सफलतापछि आयोजक नेपालले अमेरिकाका नेपालीलाई नचाउने लक्ष्यसहित ‘अब नाच्छ अमेरिका’ कार्यक्रमको आयोजना भएको हो । कार्यक्रममा यी चार कलाकारहरूले ५ सय दर्शकलाई तीन घण्टासम्म मनोरञ्जन दिएका थिए । प्रस्तुतिको सुरुवातमा करिष्माले ‘हिजो राती सपनीमा’ बोलको गीतमा नृत्य गरेकी थिइन् । 

आयोजक विनोद अधिकारीले परदेशमा घर देश जोड्ने अभिप्रायले कार्यक्रम गरेको बताउँदै पहिलो कार्यक्रम अत्यन्त सफल रहेको प्रतिक्रिया दिए ।

आयोजकका अनुसार, गायिका तथा मोडलको टोलीले न्युयोर्क, वासिङ्टन डीसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्नियामा कार्यक्रम हुनेछ । यो कार्यक्रममा करिब २ महिना चल्नेछ ।