‘अञ्जिला’को प्रदर्शन मिति पोष्टपोन्ड

महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहेर तयार पारिएको फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति पोष्टपोन्ड भएको छ । यो फिल्म माघ ११ गतेबाट रिलिजमा ल्याउने तयारी निर्माणपक्षको थियो ।

तर, अब यो फिल्मलाई फागुनको २९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ । यो फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । उनले, सबै पक्षहरु मिलाउने क्रममा प्रदर्शन मिति पनि केही हप्ता पछि सार्नुपरेको बताए ।

यो फिल्ममा एञ्जिला नै मुख्य भूमिकामा छिन् । उनको साथमा फिल्ममा दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय छ । फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् ।

फिल्ममा उनको पनि मुख्य भूमिका छ । यो फिल्मको छायांकन काठमाडौंका साथै आइतबारे, झापामा पनि गरिएको छ । निर्देशक चाम्स यो फिल्मले दर्शकमाझ नयाँ प्रकारको छाप छाड्ने दाबी गर्छन् । यो फिल्मले एन्जिलाको बाल्यकालदेखि खेल जीवन संघर्ष र सफलताको कथा भन्छ । 

फिल्ममा सुदिप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन छ । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माताको रुपमा छन् ।