भदौ ७ बाट ‘नमेटिने घाउ’, फस्टलुकमा प्रधानमन्त्री ओली
फिल्म ‘नमेटिने घाउ’को फस्टलुक रिलिज भएको छ । भदौ ७ गतेलाई प्रदर्शन मिति तोक्दै फिल्मको फस्टलुक रिलिज गरिएको हो । सार्वजनिक पोष्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुख्य रुपमा स्थान दिइएको छ ।
साथमा प्रहरी उपरीक्षकद्धय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरिक्षक जेआर शर्मा लगायतलाई पनि मुख्य कलाकारको रुपमा प्रस्तुत गरिएको छ । नायक रमित ढुंगानाको निर्माण तथा निर्देशनमा तयार भएको यो फिल्ममा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको पनि अभिनय छ । यो फिल्मलाई वास्तविक जीवनीमा आधारित रहेर तयार पारिएको छ ।
फिल्मले एसिड आक्रामणमा परेका ३३ जनाको कथा भन्छ । फिल्ममा शिवम् अधिकारीको पटकथा छ । फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, स्वस्तिमा कार्की, लालना चिमोरिया लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
यो फिल्ममा नीरज कँडेलको छायांकन, बनिश शाहको सम्पादन, ओम सुनारको संगीत र किरण ढकालको एक्सन छ । रमित ढुंगानाको निर्माण तथा निर्देशनमा यो फिल्म तयार भएको हो ।
प्रतिक्रिया