कोरियाको सांकृतिक कार्यक्रममा झुमे पर्वतका नेपाली
पर्वत समाज, कोरियाले गर्मी विदाको अवसर पारेर सांकृतिक कार्यक्रम तथा वनभोज आयोजना गरेको छ । थेसंग्री योग नजिकै आयोजित वनभोजमा करिब २ सय जनाको सहभागिता थियो ।
दक्षिण कोरियामा रहेका नेपालीहरू आफ्नो कामका कारण एउटै जिल्लाको भएर पनि भेटघाट गर्न पाउँदैनन् । यसैले, यो कार्यक्रममा उनीहरुको उल्लासपूर्ण तरिकाले सहभागिता जनाए । सहभागीहरूले पर्वत नै पुगेको महशुश गरेका थिए ।
दक्षिण कोरियामा सक्रिय रहेको ‘पर्वत समाज दक्षिण कोरिया’ले दुई दिने वृहत् सांस्कृतिक कार्यक्रम तथा वनभोजको आयोजना गरेको हो ।
यो कार्यक्रममा लोक दोहोरी प्रतिष्ठान दक्षिण कोरियाको साथमा लाइभ दोहोरी र विशेष प्रस्तुति रहेको थियो । कार्यक्रममा प्रमोद भुसाल, अमृत चापागाँई, सन्जोग भुसाल, अनिस केसी, अनु अधिकारी, विपना अधिकारीको प्रस्तुति रहेको थियो ।
प्रतिक्रिया