प्रदीप र नीतिको जुर्न नसकेको सहकार्य
फिल्म ‘प्रेमगीत ३’का लागि नायिका नीति शाहलाई अफर गयो । तर, उनले त्यो समयमा आफू फिल्म क्षेत्रका लागि तयार नभएको भन्दै काम गरिनन् ।
तर, यो फिल्ममा काम नगरेकोमा भने नीतिलाई पश्चाताप लागिरहेको छ । बिहिबार बेलुकी सामाखुसीको स्क्वायर मलमा संचालनमा आएको क्यूएफएक्स चेनको नयाँ हल उद्घाटन समारोहमा नायिका नीति शाह र नायक प्रदीप खड्का एकसाथ मिडियामा गफिए । उनीहरुले एकसाथ सहकार्य गर्ने कुरालाई पनि चासोका साथ अगाडि राखे ।
नीतिले फिल्म ‘प्रेमगीत ३’मा काम गर्न नपाएकोमा पश्चाताप लागिरहेको बताइन् । तर, ‘प्रेमगीत ४’ बाट अफर आएको खण्डमा भने आफू काम गर्न तयार भएको उनको भनाई थियो ।
नीति र प्रदीपले फिल्म ‘कामिनो’मा पनि काम गर्ने पक्का भएको थियो । तर, वर्कशप भन्दा अगाडि यो फिल्मको काम बढ्न सकेन । यी दुईले फिल्म ‘एक्स ९’मा पनि काम गर्ने पक्का भएको थियो । यो फिल्म पनि बन्न सकेन ।
प्रदीपले नीतिले राम्रो काम गरिरहेको भन्दै तारिफ गरे । भविष्यमा आफूहरूको सहकार्य हुने कुरामा उनी ढुक्क देखिए ।
प्रतिक्रिया