लद्दाकमा लोकेशन हेरेर फर्कियो ‘जेरी अन टप’को टिम, भदौ ३ बाट छायांकन
फिल्म ‘जेरीः अन टप’को छायांकन भदौको ३ गतेबाट सुरु हुने भएको छ । फिल्मका निर्माता सरोज न्यौपानेले प्रि–प्रोडक्शनको काम अन्तिम चरणमा पुगेको भन्दै भदौको ३ गतेबाट फिल्मको छायांकन सुरु गर्ने जानकारी दिए ।
यो फिल्मको टिमले भारतको लद्दाकमा लोकेशन समेत हेरेर फर्किएको छ । फिल्मका निर्माता न्यौपाने, निर्देशक सुयोग गुरुङ र नायक अनमोल केसी केही दिन लद्दाकमा बसेर लोकेशन हेरेर फर्किएका हुन् ।
निर्माता न्यौपानेका अनुसार, लद्दाकमा फिल्मको अन्तिम चरणको छायांकन हुनेछ । केही दृश्य र गीत लद्दाकमा खिचिने उनको भनाई छ ।
फिल्मको छायांकन भने नेपालबाटै सुरु हुनेछ । फिल्मको शीर्ष भूमिकामा नायक अनमोल केसी देखिदैछन् । उनको साथमा फिल्ममा नायिकाद्धय आँचल शर्मा र जसिता गुरुङको मुख्य भूमिका रहनेछ ।
फिल्मलाई लिएर कलाकारहरू पनि निकै उत्साहित देखिएका छन् । लभ स्टोरी कथामा बन्ने यो फिल्मलाई फागुनको २ गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।
प्रतिक्रिया